काठमाडौ । सम्बोधन गर्दै राष्ट्रपति दलका कार्यकर्ता राष्ट्रपति हुँदा विगतमा दुःख पाएको टिप्पणी गर्दै साझा व्यक्तिको खोजी गर्दै राष्ट्रिय सहमतिमै चयन गर्नुपर्नेमा जोड दिएका थिए ।
उता, संसद् बैठकबाट बाहिरिँदै गर्दा एमाले अध्यक्ष ओलीले एमालेले भनेकै व्यक्ति राष्ट्रपति हुने टिप्पणी गरेका छन् । एमालेले आफ्नो भागमा परेको राष्ट्रपति पाउनुपर्ने र विगतको समझदारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै आएको छ ।
उच्चस्तरी संयन्त्रको बैठकमा एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिए पनि पुनः सरकारमा भित्रयाउनुपर्ने सुझाव प्रधानमन्त्री प्रचण्डलाई बैठकमा दिए । तर, प्रधानमन्त्री प्रचण्डले उनको सुझाव त सुने तर कुनै प्रकारको जवाफ नदिई मौन बसिरहेका थिए ।
उच्चस्तरी संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनलाई थप बलियो बनाउँदै अगाडि बढ्नुको विकल्प नभएको बैठकमा राखेका थिए । बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बीचमा पटकपटक छलफल भएको थियो ।
बिहीबार नै संयन्त्रको बैठक बस्ने भनिएको थियो । तर, कार्यव्यस्तताका कारण बैठक शुक्रबार बस्यो । राष्ट्रपतिको निर्वाचनसहित समसामयिक राजनीतिमा प्रचण्ड र ओलीबीच पछिल्लो समय प्रायः दिनहुँ छलफल हुँदै आएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २८ माघ २०७९, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य