काठमाडौँ । विभिन्न वामपन्थी राजनीतिक पार्टीबीच एकताबारे छलफल भएको छ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताबीच आज पार्टी एकताको विषयमा छलफल भएको हो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, “पार्टी एकता, संयुक्त, मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी फागुन १५ गते चार पार्टीको वैठक बस्ने निर्णय लिइएको छ ।”
सो वैठकले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन र देशको सङ्कटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीबीचमा पार्टी एकता एवम् क्रान्तिकारी ध्रुविकरणको निम्ति बहस, छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ माघ २०७९, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब