काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्य संचालकहरु के भन्दा ताली आउँछ भनेर सस्तो कुराको पछि लाग्ने भन्दा मुलुकको समस्या समाधान तर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
आज पार्टीको भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले भने, "मुकुकमा भ्रष्टाचार , आर्थिक संकट,बिदेशी प्रभाव , बेरोजगारी , कुशासन, धर्म परिबर्तन सङ्गै राष्ट्रियता माथी पनि गम्भीर प्रश्न चिन्ह खडा भैरहेको छ , तर ठूला भनिने नेताहरु सस्तो लोकप्रियताको गित गाउन मात्रै मस्त छन्, देशमा समस्या समाधानमा चिन्तित छैन,जुन बिडम्बना हो ।"
अहिके राजनीतिक स्टन्टमा रमाउने बेला नभएको भन्दै थापाले मिहिन ढंगले मुलुकको जल्दोबल्दो समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो । अहिले वाद ,सिद्धान्तको बिबाद गर्ने बेला नभएको राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र आर्थिक समृद्धि महत्त्वपूर्ण बिषय भएको थापाको टिप्पणी थियो । राप्रपा नेपाललाई फेरि उठाउने सन्दर्भमा सबै जनबर्गिय संगठनले छ महिने योजना र कार्यक्रम ल्याउन समेत उनले निर्देशन दिए ।
कार्यक्रममा महामन्त्री त्रय भाष्कर भद्रा,सुशील श्रेष्ठ ,राजाराम बर्तौला र प्रबक्ता बसन्तमानसिंह अधिकारीले अब पार्टी जनता केन्द्रित हुनुपर्ने आबश्यकता औल्याए । जनबर्गिय संगठनका प्रमुखहरुले संगठनको अबस्था र भाबी कार्यक्रम बारे बैठकलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ माघ २०७९, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा