काठमाडौं। बागमती प्रदेश सभाको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ । सोमबार अपराह्न १२ बजे बस्ने भनिएको बैठक विशेष कारणवश माघ २६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले माघ २६ गते बस्ने प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै कार्यसूची रहेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
प्रदेशसभा अन्तर्गत रहेका विभिन्न ५ समितिमा अध्यक्षसहित दलको प्रतिनिधित्व गर्ने सदस्यको नामावली लिएर सोमवारै बसेको सर्वदलीय बैठकमा सहमति हुन नसकेको र साँझसम्ममा दोस्रो सर्वदलीय बैठक बस्न समयको अभावले गर्दा प्रदेश सभाको सोमवारको पूर्ण बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ माघ २०७९, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक बिहीबारसम्मका लागि स्थगित
बागमती प्रदेशसभाको अधिवेशन १५ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय
बागमती प्रदेशसभामा विधेयक दर्ता
चिट्ठा विधेयक विवादबीच आज बागमती प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको बैठक शनिवार बस्ने
बागमती प्रदेशसभामा ४ वटा विधेयक पेस