राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

सफल खबर संवाददाता

सोमबार, २३ माघ २०७९, १४ : ३८
राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त भएका छन् । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले देसाईलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।

केही दिनदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका उनलाई औपचारिक रुपमा नियुक्त गरिएको क्यानले जनाएको छ । देसाईसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ ।   

प्रतिक्रिया दिनुहोस