मिडिया विधेयक तत्काल अगाडि बढाउने तयारीमा छौं : सञ्चारमन्त्री शर्मा

सफल खबर संवाददाता

सोमबार, २३ माघ २०७९, १४ : १८
मिडिया विधेयक तत्काल अगाडि बढाउने तयारीमा छौं : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढेको बताएकी छन ।

प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा मन्त्री शर्माले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताइन्।

उनले आमसञ्चार क्षेत्रका लागि बनेका कानूनहरु अधिकांश पुराना भएकाले परिमार्जन गर्न सरकार सकारात्मक रहेको बताइन् । मन्त्री शर्माले देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्नअंगका रुपमा जोडिएको भन्दै राजनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव भएको धारणा राखिन् ।

उनले मिडिया सकारात्मक हुँदा मात्रै परिवर्तन सम्भव रहेको भन्दै मिडिया र सरकार सकारात्मक रुपमा जोडिएर अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताइन् । उनले नकारात्मक विषयमा आलोचना गर्दा कसैलाई बेफाइदा नहुने बताइन् ।

प्रतिक्रिया दिनुहोस