काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज माघ २३ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ।
बैंकले आजका लागि निर्धारण गरेकाे नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ०२ पैसा र बिक्री दर १४१ रुपैयाँ ६६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ४६ पैसा र बिक्री दर १५८ रुपैयाँ १८ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६६ पैसा र बिक्री दर ३५ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ माघ २०७९, ०८ : १२
लेखकबाट थप