साफ यु  २० : दोस्रो खेलमा भुटानसँग भिड्दै नेपाल

सफल खबर संवाददाता

आइतबार, २२ माघ २०७९, १२ : ०१
साफ यु  २० : दोस्रो खेलमा भुटानसँग भिड्दै नेपाल

फाईल तस्वीर

काठमाडौँ । बंगलादेशमा जारी साफ यु(२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ। ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेल दिउँसो ३स्१५ मा सुरु हुँदैछ।

भुटानविरुद्ध मैदान उत्रिँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ। आफ्नो पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको थियो। शुक्रबार बंगलादेशसँग ३(१ ले पराजित भएको नेपालका लागि फाइनलमा स्थान कायमै राख्नका लागि पनि भुटानसँगको खेल जित्नै पर्ने दवाव छ।

पहिलो खेलमा भुटान भारतसँग १२(० ले पराजित भएको थियो। त्यसैले नेपाल तुलनात्मक रुपमा सहज प्रतिद्वन्दी विरुद्ध जितको प्रयासमा हुने छ। प्रतियोगितामा भुटान र नेपाल मात्र जितविहिन रहेका छन्। प्रतियोगितामा आयोजक बंगलादेश, भारत र भुटान र नेपाल सहभागिता रहेका छन्।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। अब नेपालले अन्तिम खेलमा मंगलबार भारतको सामना गर्ने छ। राउन्ड रोविनका आधारमा जारी प्रतियोगितामा शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस