एजेन्सी । इराकस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई तुरुन्त इराक छाड्न आग्रह गरेको छ ।
शनिबार बिहान इराकको बगदादस्थित अमेरिकी दूतावासको भवनमा मिसाइल प्रहार भएको थियो । त्यसपछि दूतावासले इराकमा रहेका आफ्ना नागरिकहरूलाई तुरुन्त देश छोड्न चेतावनी दिएको हो ।
अमेरिकी दूतावासले त्यहीँ बस्ने सोच बनाइरहेका जो कोहीलाई पनि आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । “इरान र उसका सहयोगी आतंकवादी मिलिसियाहरूले इराकमा सार्वजनिक सुरक्षाका लागि ठूलो खतरा खडा गरेका छन् । अमेरिकी नागरिक, अमेरिकी हित र महत्त्वपूर्ण पूर्वाधारविरुद्ध आक्रमणहरू भएका छन्,” दूतावासले एक्समा लेखेको छ ।
शनिबार दूतावासको भवनमा भएको आक्रमणपछि बाक्लो धुवाँ उठिरहेको एक भिडियोमा देखिएको थियो । “इराकी हवाई क्षेत्रमा रकेट, ड्रोन र मोर्टारको निरन्तर जोखिमका कारण बगदादस्थित दूतावास वा अर्बिलस्थित महावाणिज्य दूतावासमा आउने प्रयास नगर्नुहोस्,” दूतावासले भनेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०१ चैत्र २०८२, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत