वाग्मती प्रदेशसभा बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, २२ माघ २०७९, ११ : ५४
वाग्मती प्रदेशसभा बैठक बस्दै

मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ ।

वाग्मती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज बस्ने तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
 
गत माघ ३ मा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक आज बस्न लागेको सचिवालयका प्रमुख सचिव खड्काले बताए । 

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, नेकपा समाजवादी पार्टीका ७, राप्रपाका १३, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना सांसद छन्। 

प्रतिक्रिया दिनुहोस