सप्तरीको महुली पुल भत्कियोः सवारी साधन आवत जावत गर्न अप्ठयारो (फोटो फिचर)

आइतबार, २४ असार २०७५, १४ : २७
सप्तरीको महुली पुल भत्कियोः सवारी साधन आवत जावत गर्न अप्ठयारो (फोटो फिचर)

सप्तरी । पूर्व पश्चिम राजमार्गको महुली पुल भत्केको छ । सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा पर्ने महुली पुल शनिबार साँझ भत्किएको हो ।

कृष्णसवरन गाउँपालिका ५ र ६ मा पर्ने पुलको मध्यभागको करिब एक सय ५० मिटर भाग भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ब्यस्त सडकमा सवारी साधन चलिरहेकै बेला साँझ एकाएक पुल भत्किएर खोलामा झरेको हो ।

गत बिहीबार सडकको बीचमा पूर्व–पश्चिम चिरा परेर उत्तरतर्फको भाग भासिएको थियो । पुलको सपोर्टका लागि बाँध बनाउन र मर्मत सम्भार गर्न सडक विभागका इन्जिनियरलाई आग्रह गरेपनि वेवास्था गर्दै आएका थिए।

एसपी एसपी मुकेशकुमार सिंहका अनुसार इन्जिनियरकै वेवास्थाका कारण पुल भत्किएको हो ।

‘पुलको उत्तरखण्डको एक भाग पुरै भत्किएको छ’ एसपी सिंहले भने बाँकी दक्षिणतर्फको भाग पनि कमजोर बनेकाले चाँडै भत्किने सम्भावना छ।’ तत्कालै वैकल्पिक खोज्नुपर्ने उनको भनाइ छ ।

सप्तरीको महुली पुल भत्कियोः सवारी साधन आवत जावत गर्न अप्ठयारो (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस