विश्वकपका सेमिफाइनल खेलहरु : कुन दिन र कुन समय ?

आइतबार, २४ असार २०७५, १४ : ०९
विश्वकपका सेमिफाइनल खेलहरु : कुन दिन र कुन समय ?

काठमाडौं । रुस विश्वकप २०१८ को सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम ४ मा युरोपका मात्र चारवटा राष्ट्रहरु पुगेका छन् – फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया

समूह ‘सी’ को विजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको फ्रान्सले अर्जेन्टिना र उरुग्वेलाई हराउंदै सेमिफाइनलमा स्थान बनाएको छ ।

उसले क्वाटरफाइनलमा दाबेदार ब्राजिललाई पराजित गरेको बेल्जियमको सामना गर्ने छ ।

बेल्जियम समूह ‘जी’ को विजेता रहेको थियो र क्वाटरफाइनलमा जापानलाई ३-२ को रोमाञ्चक खेलमा पराजित गरेको थियो ।

त्यस्तै बेल्जियम नै रहेको समूह ‘जी’ को उपविजेता इंग्ल्यान्ड कोलम्बिया र स्विडेनलाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो ।

गए राति आयोजक रुसलाई पेनाल्टीमा पराजित गरेको क्रोएसियासंग इंग्ल्यान्ड सेमिफाइनलमा भिड्ने छ ।

समूह ‘डी’ को विजेता क्रोएसियाले प्रि-क्वाटरफाइनलमा डेनमार्कलाई पेनाल्टीमै हराएको थियो ।

पहिलो सेमिफाइनल

फ्रान्स विरुद्ध बेल्जियम
मिति : जुलाई १०
समय : रातिको ११.४५ बजे

दोस्रो सेमिफाइनल

इंग्ल्यान्ड विरुद्ध क्रोएसिया
मिति : जुलाई ११
समय : रातिको ११.४५ बजे

विश्वकप २०१८ को उपाधि कसले जित्ला?

प्रतिक्रिया दिनुहोस