माडी नगरपालिकामा विद्युतीय कर भुक्तानी सेवा शुरू

सफल खबर संवाददाता

शुक्रबार, २० माघ २०७९, १२ : ३१
माडी नगरपालिकामा विद्युतीय कर भुक्तानी सेवा शुरू

चितवन । चितवनको माडी नगरपालिकाले विद्युतीय कर भुक्तानी सेवा शुरू गरेको छ । नगरपालिकाले सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा बिहीवारदेखि शुरू गरेको हो । 

सेवा शुरूआतसँगै नगरपालिकाका सेवाग्राहीले विभिन्न एप्समार्फत घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर तिर्न सक्नेछन् । सेवा शुभारम्भ गर्दै नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले परम्परागत शैलीबाट कर भुक्तानी गर्दा झन्झटिलो हुनाका साथै ढिलासुस्ती हुने गरेकाले यस प्रविधिको प्रयोगले नागरिकलाई सहज हुने बताए ।

उनले सेवा प्रयोगसँगै नगरपालिका र वडामा सेवाग्राहीको चाप कम हुने भएकाले सेवा प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रविन भण्डारीले नगरपालिकालाई तिर्नुपर्ने विभिन्न शीर्षकका कर तथा राजस्व घरमै बसेर तिर्न मिल्ने गरी प्रविधिको विकास गरिएको बताए ।

सेवा शुरू भएसँगै कार्यालय आएर लाइन बस्नुपर्ने समयका साथै अतिरिक्त खर्च जोगिने उनको भनाइ थियो । सेवाग्राहीले कनेक्ट आईपीएस, खल्ती, आईएमईपे, प्रभू पे र ईसेवामार्फत भुक्तानी गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस