लाजियोलाई हराउँदै युभेन्ट्स सेमिफाइनलमा

सफल खबर संवाददाता

शुक्रबार, २० माघ २०७९, ११ : ०५
लाजियोलाई हराउँदै युभेन्ट्स सेमिफाइनलमा

एजेन्सी । लाजियोलाई हराउँदै युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा लाजियोलाई १–० ले हराउँदै युभेन्ट्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ४४ औं मिनेटमा युभेन्ट्सका ग्लिसन ब्रेमेरले गरेको गोल नै निर्णायक बन्यो ।अब सेमिफाइनलमा युभेन्ट्सले इन्टर मिलानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा क्रेमोनेस र फियोरेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस