काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजेका लागि रास्वपाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठकमा सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्नेबारे निर्णय हुने रास्वपाका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।
रास्वपाले रवि लामिछानेको नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम भइसकेपछि उनलाई नै गृह मन्त्रालयमा फर्काइनु पर्ने माग गर्दै आएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयमा फर्काउन आनाकानी गरेसँगै रास्वपा चिढिएको छ ।
रास्वपाले गृह मन्त्रालयका लागि निरन्तर लबिङ गर्दै आएपनि सकारात्मक नतिजा नआएसँगै केन्द्रीय समिति बोलाएर आवश्यक निर्णय गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत
रास्वपाकी पूजा बास्तोलाले दिइन् उजुरी