काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन । पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको, राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उनले असन्तुष्टि पोख्दै पार्टी पारित्याग गरेका हुन ।
सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको बताए ।आम जनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको उनले बताए । अब आफू स्वतन्त्र रहने समेत उनले बताए।
सापकोटाले रवि लामिछानेलाई गत आम निर्वाचनमा चिनवन-२ बाट जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । सापकोटा लामिछानेको विश्वास पात्रका रुपमा चिनिन्छन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, १८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा