काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन । पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको, राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उनले असन्तुष्टि पोख्दै पार्टी पारित्याग गरेका हुन ।
सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको बताए ।आम जनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको उनले बताए । अब आफू स्वतन्त्र रहने समेत उनले बताए।
सापकोटाले रवि लामिछानेलाई गत आम निर्वाचनमा चिनवन-२ बाट जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । सापकोटा लामिछानेको विश्वास पात्रका रुपमा चिनिन्छन।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, १८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा