गभर्नर अधिकारी र महानगरका प्रमुख बालेनबीच भेट

सफल खबर संवाददाता

सोमबार, १६ माघ २०७९, १५ : ०८
गभर्नर अधिकारी र महानगरका प्रमुख बालेनबीच भेट

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र रास्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिच भेटवार्ता भएको छ ।

आज काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको उक्त भेटमा स्थानिय सरकारका मातहतमा रहेका सहकारी संस्था लगायत वित्तिय संस्थाहरुको नियमन, निरिक्षण र दुरगामी नीति र कार्यविधी  तर्जुमा गर्ने विषयमा केन्द्रीत रहेर छलफल भएको मेयरकाे सचिवालय जनाएको छ ।

उक्त भेटमा मेयर र गभर्नरबीच आगामी दिनहरुमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय  बताइएको छ ।

प्रतिक्रिया दिनुहोस