रिद्धि सिद्धि सिमेन्टद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सफल खबर संवाददाता

आइतबार, १५ माघ २०७९, १५ : ०९
रिद्धि सिद्धि सिमेन्टद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मकवानपुर । नेपालमै पहिलो पटक अत्याधुनिक रोवोटिक प्रणालि प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहिबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एक दिने  निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।   

भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धि सिद्धि सिमेन्ट लिद्वारा आयोजित सो  कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यता गरेका थिए । सोहि गाउँपालिकाका वडा नं. ३ का वडाअध्यक्ष प्रीतिलाल लामा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए ।

प्रशासन प्रमुख अच्युत पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नं ३ का वडासदस्य बुद्दीमान, नेकपा समाजवादी भीमफेदी गाउँपालिकाका संयोजक समीर श्रेष्ठ र खानी प्रमुख  गणेश कुमार सिंहको पनि उपस्थिति थियो ।  कम्पनी सबैको स्वास्थ्यप्रति सचेत रहेको र  भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने बताएको छ ।  उक्त कार्यक्रम खड़क तुम्सिङले संचालन गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस