सरकारी सर्भर ह्याक, सबै वेबसाइट डाउन

सफल खबर संवाददाता

शनिबार, १४ माघ २०७९, १५ : ३३
सरकारी सर्भर ह्याक, सबै वेबसाइट डाउन

काठमाडौं । सर्भर ह्याक हुँदा नेपालमा सरकारका सबै वेबसाइट डाउन भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको बताए । उनले भने,’राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार विहानदेखि नै सर्भरमा समस्या आएको थियो, तर दिउँसोदेखि भने सर्भर डाउन नै भएको हो ।

प्रतिक्रिया दिनुहोस