भक्तपुर । प्रहरीले एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई शुक्रबार पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नम्बर ३ ठकुरी गाउँं झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन् ।
उनले माघ ११ गते बुधबार राति नौ बजे एटीएमभित्र प्रवेश गरी मेशिन फुटाउन खोजेको र ९:२५ मिनेटमा असफल भई छाडी आएको देखिएकोले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए ।
हाल मुक्तिनाथ विकास बैंकको गार्ड उनी सेक्युरिटी गार्ड गोर्खा योद्धा धम्बाराहीका रहेको जनाइएको छ । उनी २०६१ सालमा भर्ना भएका सशश्त्र प्रहरीको पूर्वकर्मचारीसमेत रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ माघ २०७९, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआइसी बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ
एटीएम मेसिन फुटाउने भारतीय नागरिक पक्राउ
नबिल बैंकको एटीएम फुटाएर रकम चोर्न लाग्दा एकजना पक्राउ
इसेवामा रहेको रकम अबदेखि एटीएम मार्फत पनि झिक्न सकिने