कलैया । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई नछाड्ने बताएका छन्। कलैयामा नगरसभा गृहको आज शिलान्यास गर्दै मुख्यमन्त्री यादवले प्रदेशमा सुशासन, विधिको शासन कायम र बेथितिलाई अन्त्य गर्ने काम प्राथमिकतामा रहने बताए।
“म एउटा यस्तो सौभाग्यशाली मुख्यमन्त्री छु कि मेरो विपक्षमा एक जनाले पनि मत नदिएको हुँदा सबैको अपनत्व हुने गरी प्रदेशमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उनले भने।
मधेस प्रदेशमा विकासका पूर्वाधार अगाडि बढाउँदै नेपालमै नमूना प्रदेशको रूपमा विकास गर्ने सोच रहेको मुख्यमन्त्री यादवले बताए। उनले सङ्घ र स्थानीय तहसँग समन्वय र सहकार्य गरी काम अगाडि बढाउने बताए।
जिल्लाको सदरमुकामबाट नै विकासको थालनी गर्ने अभियानको रूपमा पनि पहिलोपटक कलैया उपमहानगरपालिकाबाट विकासको आयाम सुरुआत गरेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ माघ २०७९, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
मुख्यमन्त्री यादवद्वारा ३ मन्त्री नियुक्त, जनमतका महेशले पाए अर्थ मन्त्रालयको जिम्मेवारी
मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा
आन्दोलनकारीबाट मलाई सुरक्षा चुनौती छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन