प्राण गए पनि प्रण तोड्दिनँः डा केसी

पत्रपत्रिकाबाट

शनिबार, २३ असार २०७५, ०७ : २२
प्राण गए पनि प्रण तोड्दिनँः डा केसी

काठमाडौं । अनशनरत डा गोविन्द केसीले प्राण गए पनि चिकित्सा शिक्षा सुधारका लागि लिएको प्रण नतोड्ने बताएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

जुम्लामा शुक्रबार पत्रकार सम्मेलन गर्दै डा केसीले पुरानै सम्झौताअनुसार आएको अध्यादेश हुबहु कार्यान्वयन नगरेसम्म अनशन बसिरहने बताएका हुन् ।

‘१५औँ अनशनसम्म आइपुग्दा समेत पुरानै मागलाई बंगाएर सरकारले माफियामुखी विधेयक ल्याउन खोज्छ भने मेरो सत्याग्रह जारी रहन्छ, कदापि देशमा लुटतन्त्र मौलाउन दिन्नँ, बरु मेरो प्राण जाओस्, देश र जनताका लागि गरेको प्रण कुनै पनि हालतमा तोड्दिनँ,’ केसीले भने ।

उनले माग पूरा नभएसम्म जुम्लाबाट काठमाडौं नफर्किने पनि बताए । आफूलाई काठमाडौं फर्काएर अनशन तुहाउने षड्यन्त्र रचिएको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस