केसीको स्वास्थ्य कमजोर बन्दै

पत्रपत्रिकाबाट

शनिबार, २३ असार २०७५, ०७ : १४
केसीको स्वास्थ्य कमजोर बन्दै

फाइल फोटो

जुम्ला । डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको उपचारमा संग्लन डाक्टर प्रवीण गिरीले बताएका छन् ।
‘शरीरमा चिनीको मात्रा घटेको छ, रोगसँग लड्ने क्षमता पनि क्रमश घट्दै छ, पिसाब भएको छैन । सातौँ दिनसम्म खाना र पानी नखाएकाले कमजोर बन्दै जानुभएको छ,’ डा गिरीले भने ।

केसीलाई स्लाइन र अक्सिजन मात्रै दिइएको उनले बताए । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

सरकारले चिकित्सा शिक्षा अध्यादेश तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन लागेपछि केसी त्यसको विरोधमा केसी अनशन बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस