काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ ९ र १० गते काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग एकताका लागि वार्ता गर्न एक कमिटी गठन गरेको छ ।
उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्रीद्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरिएको हो ।
बर्तौलाका अनुसार पार्टीले अबलम्बन गरेको नीति ,बिचारसँग सहमत हुने पार्टी, संघसंस्था र समूहसँग वार्ता गरी राप्रपा नेपाललाई बलियो बनाउने अभियान अनुसार वार्ता समितिले काम गर्नेछ ।
उनकाअनुसार निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघसंस्थाहरुसँग तुरुन्तै संवाद शुरु हुने गरी तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ माघ २०७९, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने