काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ ९ र १० गते काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग एकताका लागि वार्ता गर्न एक कमिटी गठन गरेको छ ।
उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्रीद्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरिएको हो ।
बर्तौलाका अनुसार पार्टीले अबलम्बन गरेको नीति ,बिचारसँग सहमत हुने पार्टी, संघसंस्था र समूहसँग वार्ता गरी राप्रपा नेपाललाई बलियो बनाउने अभियान अनुसार वार्ता समितिले काम गर्नेछ ।
उनकाअनुसार निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघसंस्थाहरुसँग तुरुन्तै संवाद शुरु हुने गरी तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ माघ २०७९, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने
राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा