दीपकराज गिरीले भने : ‘रबि र बालेनलाई ५ बर्ष विश्वास गरौं’

सफल खबर संवाददाता

मंगलबार, १० माघ २०७९, २१ : ३०
दीपकराज गिरीले भने : ‘रबि र बालेनलाई ५ बर्ष विश्वास गरौं’

काठमाडौँ । कलाकार दीपकराज गिरीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमा महानगरपालिकाको मेयर बालेन शाहलाई काम गर्न दिनुपर्ने बताएका छन् ।

पछिल्लो समय रवि र बालेनले गरेको कामको बिषयमा सामाजिक संजालमा बिभिन्न अविश्वासको टिका टिप्पणी हुन थालेपछि दुबैलाई कामका लागि कम्तिमा पनि ५ बर्ष विश्वास गर्न उनले सबैलाई अनुरोध गरेका हुन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘हामीले काँग्रेस, एमाले र माओवादीलाई बर्षाै विश्वास गर्यौ । अब रवि र बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ बर्ष त विश्वास गरौ ।’

पछिल्लो समय मेयर बालेनले बनाउने भन्दा भत्काउने काम धेरै गरेको र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले हत्या अभियोगमा फरार रहेका लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भनेर सामाजिक संजालमा टिका टिप्पणी बढी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस