कान्ति बाल अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर सञ्चालनमा

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, १४ : ५८
कान्ति बाल अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर सञ्चालनमा

काठमाडौं । हिमालयन बैंकले आफ्नो सेवा–सुबिधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगंजको कान्ति बाल अस्पतालमा बुधबार देखि थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । 

बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने विरामीहरु र  विरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको हो । उक्त भुक्तानी  काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजे देखि अपरान्ह ३ः०० बजे सम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् । 

बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६०  र ६००० भन्दा बढी POS Terminals बाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।