काठमाडौँ । सशस्त्र प्रहरी बलले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट युनिटहरूलाई पुरस्कृत गरेको छ । सोमबार सशस्त्रको मुख्यालय हल चोकमा आयोजित समारोहमा सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले उत्कृष्ट युटिन प्रमुखहरूलाई पुरस्कृत गरेका हुन् ।
विपद् व्यवस्थापन शिक्षालय, कुरिनटार यस वर्ष तालिम शिक्षालय तर्फ सर्वोत्कृष्ट भएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक (एसएसपी) अन्जनी कुमार पोखरेललाई आईजीपी अर्यालले ‘एपीएफ आईजी कमेण्डेशन’ र कदर पत्र प्रदान गरेका छन् । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले आफ्नो कार्यकालमा गोताखोर तालिम र केबुलकार दुर्घटना उद्धार अभ्यास सञ्चालन गरेका थिए । माघ १ मा पोखराको सेतीको खोँचमा यती एयरलाइन्स प्रा.लिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटना हुँदा कुरिनटारबाट परिचालित गोताखोरले खोज तथा उद्धार गरेका थिए ।
प्राकृतिक तथा गैरप्राकृतिक विपद्मा विपद् व्यवस्थापन तालिम शिक्षालयले उत्कृष्ट खोज तथा उद्धार गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । १२ वटा तालिम शिक्षालय मध्येबाट चितवनको कुरिनटारमा अवस्थित सो शिक्षालय उत्कृष्ट भएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । गत वर्ष पनि सो शिक्षालय प्रथम भएको थियो ।
तालिम शिक्षालय कुरिनटारले अहिलेसम्म २ हजार ८७ जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई आधारभूत विपद् व्यवस्थापन तालिम गराएको छ । पछिल्लो एक वर्षमा मात्रै ७ सय ६५ जनालाई आधारभूत तथा उन्नत विपद् व्यवस्थापन प्रदान गरेको छ । २०७९ मा शिक्षालयले पहिलो पटक गोताखोर तालिम सञ्चालन गरेर २० जना गोताखोर उत्पादन गरेको छ ।
नम्बर–५ बिन्ध्याबासिनी बाहिनी यस वर्षको सर्वोत्कृष्ट बाहिनी भएको छ । रुपन्देही स्थित नम्बर–५ बाहिनीका प्रमुख डिआईजी विदुर खड्कालाई आईजीपी अर्यालले ‘एपीएफ आईजी कमेण्डेशन’ र कदर पत्र प्रदान गरे । गणहरू मध्येबाट २१ नम्बर गण दक्षिणकाली, गुल्महरू मध्येबाट गुल्म–१८ दोलखा र बोर्डर आउटपोष्ट मध्येबाट कप्तानगञ्ज बिओपी सुनसरी उत्कृष्ट भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ माघ २०७९, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
सशस्त्र प्रहरीका तीन डिएसपी एसपी पदमा बढुवा सिफारिस
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन