काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले भताभुंग बनाएको वैदेशिक सम्बन्ध वर्तमान सरकारले सच्याउनुपर्ने बताएका छन् ।
पार्टीको परराष्ट्र विभागले शुक्रबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारुढ गठबन्धनको उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका ओलीले देउवा सरकारले भताभुंग बनाएको कूटनीतिक सम्बन्धलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले सच्याउनुपर्ने बताएका हुन् ।
प्रचण्ड सरकारले छिमेकसँग सन्तुलित, विश्वसनीय र भरपर्दाे सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिएका ओलीले छिमेकसँग बाहिर एउटा र भित्र अर्को क्रियाकलाप गर्न नहुने बताए ।
नेपालको भूमि कसैका विरुद्ध प्रयोग गर्न नदिने बताएका उनले छिमेकी मुलुकको चासो र चिन्तालाई नेपालले सम्बोधन गर्नुपर्ने बताए । साथै देशको सार्वभौमसत्ता र स्वाधिनतामा नेपालले सम्झौता नगर्ने अध्यक्ष ओलीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ माघ २०७९, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले तिरे एमालेको लेबी
ओली भेटन बालुवाटार पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सोधिन् यस्ता प्रश्न
“मै पनि चौकीदार” देखि “म झोले हो” सम्म : मोदीको सिको गर्दै ओली
ओली सरकारको कुटनीतिक असफलता: सगरमाथा संवादमा कुनै पनि विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख सहभागी नहुने
आफैँले बनाएको लुम्बिनीको सभाहलप्रति ओलीले जनाए असन्तुष्टि
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता