काठमाडौ । प्रतिनिधिसभाले नयाँ सभामुख चयन गरेसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ ।
सत्ता गठबन्धनको प्रमुख घटक एमालेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले खडा गर्ने उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने दाबी गरेको छ । एमालेले उठाउने उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने दाबी पार्टी अध्यक्ष केपी ओलीले गरेका छन् ।
सभामुखको निर्वाचनपछि संसद् भवनबाट बाहिरिने क्रममा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना टरेको बताए । राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, उनले भने, 'त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ । त्यस्तो हुन सक्छ ।'
तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि नयाँ राष्ट्रपति आफूअनुकूल बनाउने दाउमा छ।
सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पार्टीले उठाएका उम्मेदवारको पक्षमा पार्ने कांग्रेस रणनीति छ ।नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०६ माघ २०७९, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ