काठमाडौं । सत्ता साझेदार दलहरुबीच भएको सहमति अनुसार नेकपा एमालेले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । सत्ता साझेदार दलहरुबीच भएको सहमतिअनुसारै राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने उनले बताए ।
सभामुख चयन पछि बिहीबार संसद बैठकबाट बाहिरिने क्रममा ओलीले सञ्चारकर्मीहरुको प्रश्न दिँदै भने, ‘हो, राष्ट्रिय सहमतिमा हुनुपर्छ । एमालेले उम्म्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’
राष्ट्रपति चयन विषयमा कांग्रेसले गठबन्धन भत्काउने भनेको छ त भन्दै अध्यक्ष ओलीलाई सञ्चारकर्मीले प्रश्न गरेका छन् । प्रश्नको जवाफमा ओलीले हाँस्दै भने, ‘ठीकै छ ।’
एमालेले राष्ट्रपति उम्मेदवार कस्लाई बनाउँछन् भन्ने प्रश्नमा ओलीले भने, ‘त्यो पछि भनौंला ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ माघ २०७९, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप