काठमाडौं । मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिता कुमारी राउत ईशरले पद तथा गोपनियताको शपथ लिएका छन । बुधबार सभामुख र उपसभामुखको शपथ कार्यक्रममा उहाँहरूलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका हुन ।
मण्डल र ईशर मंगलबार मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित भएका हुन ।मंगलबार बसेको प्रदेश सभा बैठकमा मण्डलको पक्षमा ७४ मत प्राप्त भएको थियो । कुल १ सय ७ सदस्यीय प्रदेशसभामा १ सय ३ जनाले मत विभाजन प्रक्रियामा सहभागिता जनाएका थिए ।
यसैगरी, जनमत पार्टीकी उम्मेदवार बबिता कुमारी राउत ईशरलाई उपसभामुखमा ७२ मत प्राप्त भएको थियो । उनको विपक्षमा २९ मत खसेको थियो ।उपसभामुखको निर्वाचन प्रक्रियामा १ सय १ सांसदले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे