काठमाडौं । मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिता कुमारी राउत ईशरले पद तथा गोपनियताको शपथ लिएका छन । बुधबार सभामुख र उपसभामुखको शपथ कार्यक्रममा उहाँहरूलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका हुन ।
मण्डल र ईशर मंगलबार मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित भएका हुन ।मंगलबार बसेको प्रदेश सभा बैठकमा मण्डलको पक्षमा ७४ मत प्राप्त भएको थियो । कुल १ सय ७ सदस्यीय प्रदेशसभामा १ सय ३ जनाले मत विभाजन प्रक्रियामा सहभागिता जनाएका थिए ।
यसैगरी, जनमत पार्टीकी उम्मेदवार बबिता कुमारी राउत ईशरलाई उपसभामुखमा ७२ मत प्राप्त भएको थियो । उनको विपक्षमा २९ मत खसेको थियो ।उपसभामुखको निर्वाचन प्रक्रियामा १ सय १ सांसदले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशमा निर्जीवन बिमाबाट दुई अर्ब १५ करोड संकलन
मधेस प्रदेशमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु
मधेस प्रदेश प्रमुखसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन: दुई जना पक्राउ
मतपत्रमा पानी खन्याएपछि मधेस प्रदेशको मतगणना स्थगित
मधेस प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो