'स्वाभिमानी पुर्बक पार्टी उठाउछौ,उठ्छ' : कमल थापा

सफल खबर संवाददाता

बुधबार, ०४ माघ २०७९, ०८ : ५१
'स्वाभिमानी पुर्बक पार्टी उठाउछौ,उठ्छ' :  कमल थापा

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी भएकोले यात्रा रोकिने नभई अबिछिन्न रहने बताएका छन् । आज हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले म्याराथन दौडमा कुदेको खेलाडीको नतिजा अन्तिममा आउने भन्दै आत्मसमर्पण र बिलयको कुनै सम्भावना नरहेको स्पष्ट पारे। 

"स्वाभिमानी पुर्बक पार्टी उठाउछौ,उठ्छ" थापाले भने । निर्बाचनमा ठुलो अपेक्षा थिएन, तर पनि सोचे अनुसार परिणाम नआएको बिषयलाई गम्भीरता पुर्बक लिएको समेत उनले भने । राप्रपा नेपालको औतित्य र महत्व अझै बढेर चर्चा गर्दै थापाले हामिलाइ सरकारमा गएर गल्ति गर्यो ,गणतन्त्रको सरकारमा गयो, धर्म बेच्यो भन्नेहरु आज कता छन् भनी प्रश्न गरे ।

हामिले आदर्श र सिद्धान्तलाई सत्ता सङ्ग साटेको छैन, योजनाबद्ध र षड्यन्त्रपुर्बक चरित्र हत्या गरेको बिषय आगामी दिनमा स्पष्ट हुन्छ र भ्रम निबारण हुने समेत उनले बिश्वास ब्यक्त गरे ।

आज आफुहरुले कठिन बाटो रोजेका छौ भन्दै उनले पटक पटक अग्नि परिक्षा पार गरेको मान्छेलाई लान्छना लगाई चरित्र हत्या गरेकोमा गुनासो समेत गरे।  राप्रपाले सत्ता केन्द्रित राजनिती नगर्ने , सत्तामा नजाने अब सिद्धान्त केन्द्रित राजनिती गर्छौ भन्नेहरु,हिन्दूराष्ट्र र राजसंस्थाको एजेन्डालाई "डिपफ्रीज"मा राखेर सत्तारोहण गरेको समेत आरोप लगाए ।

राप्रपालाई सत्तामा जान कुन शक्तिले बाध्य पार्यो, शक्तिशाली ठाउँ त महाधिवेशन हो, महाधिवेशनले पास गरेको नीति बिपरित राप्रपा सत्तामा गएकोमा समेत उनले प्रश्न उठाए । बिपरित  स्वार्थमा हिडेको शक्तिहरूको गठबन्धन "स्वार्थको गठबन्धन"लाई भन्दै थापाले बिचित्रको "उटरुपि " गठबन्धन बन्यो, राजा फाल्ने ,राजा चाहियो भन्ने, भ्रस्टाचार गरेर खानु आमाको रगत खानु भन्ने र ठुलो ठुलो भ्रष्टाचारमा गासिएकोहरुको गठबन्धन उदेकलाग्दो भएको बताए ।

"बिदेशिको प्रपन्च र सत्ता स्वार्थले गर्दा भ्रष्टाचारको आहालमा डुब्न सबै तयार  भएका छन् । जनताले आगामी दिनमा बिकल्प खोज्छन् " थापाले थपे । नयाँ शैलिका साथ राप्रपा नेपाल अघि बढ्छ, धोकेबाज र अबसरबादी भिड जम्मा गर्ने होइन, इमान्दर प्रतिबद्ध साथिहरु अहिलेको आब्श्यकता हो उनको जोड थियो ।

कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाल र यसको नेतृत्वलाई समाप्त पार्छौ भन्नेको सपना हुन नदिने दृढता ब्यक्त गरे ।

निर्बाचन पछि थापा पहिलो पटक जिल्ला गएका हुन् । जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु प्रेमलाल श्रेष्ठ , राजाराम अर्याल, दिल बहादुर बल, सुर्य थोकर, शान्ती तामाङ लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस