कैलाली । सुदूरपश्चिम प्रदेश सभाको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।
मंगलबार बिहान १० बजे बस्ने गरी बैठक स्थगित गरिएको प्रदेश सभा सदस्य नरेशकुमार शाहीले बताउनुभएको हो । बैठक स्थगित भएपछि सभामुखको निर्वाचन पनि मंगलबार बिहान १० बजे हुने भएको छ ।
सरकारले आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा सोमबार राष्ट्रिय शोक परेकाले प्रदेश सभा बैठक नबसेको हो । राष्ट्रिय झण्डा झुकाउने समयमा बैठक बस्नु हुन्न भन्ने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य ओमविक्रम भाटले जानकारी दिए।
लगातार दुई पटक भएको निर्वाचनमा पनि सभामुख चयन हुन नसकेपछि सोमबार तेस्रो पटक सभामुख चयनका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी