एजेन्सी । इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६।० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर ९३० माइल० दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ । भूकम्पले पुर्याएको मानवीय क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन् ।
एन्डोनेसियाले प्रशान्त महासागरको ‘रिङ अफ फायर’मा रहेको स्थानको कारणले बारम्बार भूकम्प र ज्वालामुखी गतिविधिको अनुभव गर्छ । नोभेम्बर २१ मा जाभाको मुख्य टापुको जनसंख्या भएको पश्चिम जाभा प्रान्तमा ५।६ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो क्षति भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ माघ २०७९, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीमा ४.४ रेक्टर स्केलको भूकम्प
मुगुमा फेरि भूकम्पको धक्का
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का
ताइवानमा ६.४ म्याग्निच्युडको भूकम्प
टर्कीमा गयो भूकम्प, सात जना घाइते
कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का