एजेन्सी । इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६।० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर ९३० माइल० दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ । भूकम्पले पुर्याएको मानवीय क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन् ।
एन्डोनेसियाले प्रशान्त महासागरको ‘रिङ अफ फायर’मा रहेको स्थानको कारणले बारम्बार भूकम्प र ज्वालामुखी गतिविधिको अनुभव गर्छ । नोभेम्बर २१ मा जाभाको मुख्य टापुको जनसंख्या भएको पश्चिम जाभा प्रान्तमा ५।६ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ माघ २०७९, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का