कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

आइतबार, ०१ माघ २०७९, ०६ : ४३
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडाैँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

देशको प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइका भू-भागमा हुस्सु/कुहिरो रहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, आज राती देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

साथै, आज देशभर पहाडी तथा हिमाली धेरै भु-भागहरूमा र तराईका केही भू-भागहरुमा बादल लागेर तथा तराईका थोरै भू-भागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमासमेत सामान्य प्रभाव पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस