काठमाडौं। कञ्चनपुर ट्याक्टरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेदकोट नगरपालिका–७ लालपुरमा ट्याक्टरले ठक्कर दिँदा बेदकोट-१ की अन्दाजी २३ वर्षीया तारा मल्लको मृत्यु भएको हो ।
साइकलमा सवार उनलाई शनिबार करिब बेलुकी ५ बजेतिर ट्याक्टरले ठक्कर दिएको थियो । प्रहरीका अनुसार मृतकको झोलाभित्र तारा मल्ल लेखिएको परिचयपत्र फेला परेको छ ।
परिवारका मानिस अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको म२त १०३५ नम्बरको ट्याक्टरले ती युवतीलाई ठक्कर दिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० पुस २०७९, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु