वाम गठबन्धनको पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो भने ..

आइतबार, ०२ पुस २०७४, १७ : ५६
वाम गठबन्धनको पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो भने ..

काठमाडौँ । " अध्यक्ष त हामी छदैछौँ । प्रधानमन्त्रीको कुरा पनि थियो । प्रधानमन्त्री त हामी भई नै सकेका छौँ । हामीलाई त्यसको लोभ छैन । फेरि हामी सजिलै प्रधानमन्त्री छाडेका मानिस पनि हौँ । हाम्रो चिन्ता र चासो राजनीति स्थायित्व, सुशासन, विकास निर्माण र समृद्धि हो । त्यो कसरी गर्ने भन्ने हो ।

राष्ट्रियसभाका बारेमा जो प्रश्न उठेको छ, हिजो मैले प्रधानमन्त्रीजीलाई पनि भेटेको थिएँ । प्रधानमन्त्रीसँग कुरा हुँदा राष्ट्रिय सभाका बारेमा पनि कुरा भएको थियो । हाम्रो संविधानको अहिले राष्ट्रियसभाका सदस्यहरुको निर्वाचन गर्ने खाली प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुमात्र होइन, गाउँपालिका र नगरपालिका सदस्यहरुको मतभार फरक फरक गर्ने कुरा पनि गरेको छ । संविधानले एकल संक्रमणीय भन्ने व्यवस्था गरेको छैन । पार्टीहरुबीच छिटोभन्दा छिटो सहमति गरेर जानुपर्छ भनेर मैले प्रधानमन्त्रीको ध्यानकर्षण गरेको थिएँ ।

अरु त्यस्तै गम्भीर नियुक्तिहरु, जस्तो कि प्रदेश गभर्नरको कुरा चलेको थियो मिडियामा । यस विषयमा पनि मैले राजनीतिक दलहरुबीच समझदारी नबनाई अहिलेको सरकारले गर्न खोज्यो भने, निर्वाचन सम्पन्न गराएर सरकारको राम्रो काम गरेको सन्देश गएको छ, फेरि एक दुई वटा नियुक्तिले नराम्रो नगरोस् भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थिएँ ।"

उहाँले प्रमुख दलहरुवीच सझादारी बनाएर जान्ुछ भनेर मलाई भन्नु भएको थियो । म फेरि पनि सरकारको ध्यानकर्षण गर्न चाहन्छु, उहाँले निर्वाचन गराएर राम्रो काम गर्नुभएको छ । अब एक दुई वटा नियुक्तिमा लोभ गरेर सबै जसहरु अपजसमा लैजान हुन्न भन्ने सन्देश दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस