धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुख पदका लागि आज दोस्रोपटक मतदान हुँदै छ । यसअघि बिहीबार सभामुख पदका लागि मतदान भएको थियो । तर कुनै उम्मेदवारको पनि बहुमत नआएपछि आज पुनः मतदान हुन लागेको हो ।
सभामुख चयनका लागि प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सबै दलबीच आज बिहान सर्वदलीय छलफल भएको थियो । सहमतिबाट समामुख चयन हुने सम्भावना नरहेपछि पुनः मतदानबाट चयन गर्ने र आजै साँझ ६ बजे मतदान गराउनेबारे सबै दल सहमत भएको बताइएको छ ।
प्रदेश सभा हाँक्नका लागि हालको एमाले-माओवादी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका तर्फबाट मानबहादुर रावल सभामुखका उम्मेदवार उठेका छन् । बिहीबार भएको मतदानमा कुनै उम्मेदवारको पनि बहुमत पुगेको थिएन । भण्डारीको पक्षमा २६ मत र रावलको पक्षमा २३ मत खसेको थियो । तर सभामुख बन्नका लागि बहुमत पुग्न २७ मत चाहिन्छ ।
कुल ५३ सदस्य रहेको प्रदेश सभामा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक सांसद रहेका छन् । विपक्षमा रहेको कांग्रेस प्रदेशसभाको सबभन्दा ठूलो दल भए पनि गठबन्धन भत्कँदा उसको पनि बहुमत नपुग्ने देखिन्छ । कांग्रेसका १९ जना र एकीकृत समाजवादीका ४ सांसद छन् भने १ जना स्वतन्त्र सांसाद छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० पुस २०७९, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी