कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएकाे छ । प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरिएकाे जानकारी गराएकाे हाे । शुक्रबार बिहान ११ बजे सभामुखको पुन: निर्वाचन गर्ने गरी बिहिबार बसेकाे बैठक स्थगित गरिएको थियो । बिहिबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि शुक्रबार फेरी मतदान हुन लागेको हो ।
बिहिबार भएको निर्वाचनमा ५३ सदस्यीय प्रदेश सभाको मतदानमा ५० जनाले भाग लिएका थिए । यसरी सभामुखमा निर्वाचित हुन २७ मत ल्याउनुपर्छ । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारीले २६ मत र कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए ।
भण्डारीले माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीको कुल २९ मत पाउनुपर्नेमा दुई सांसद अनुपस्थित रहे भने एक मत बदर भएको थियो । रावललाई कांग्रेस, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी