यस्तो रहनेछ आज दिनभरको मौसम

सफल खबर संवाददाता

शुक्रबार, २९ पुस २०७९, ०६ : ४१
यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु-कुहिरो लागेको छ ।  

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकीका  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस