प्रदेश नं १ का सभामुखद्वारा शपथ ग्रहण

सफल खबर संवाददाता

विहीबार, २८ पुस २०७९, २१ : १४
प्रदेश नं १ का सभामुखद्वारा शपथ ग्रहण

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको सभामुखमा बाबुराम गौतमलाई आज यहाँ शपथ गराएका छन् ।

प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालयमा सभामुख गौतमलाई पद तथा गोपनीयताको शपथ गराए। उनले प्रदेशसभाबाट निर्वाचित सभामुख गौतमलाई प्रदेशसभा नियमावली २०७४ को नियम ८ बमोजिम शपथ गराएका हुन्।

शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, निवर्तमान सभामुख प्रदीपकुमार भण्डारी लगायतको उपस्थिति थियो । सभामुख गौतमले आजै प्रदेशसभा सचिवालयमा आफ्नो पदभार ग्रहण गरे।

प्रतिक्रिया दिनुहोस