विराटनगर । प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं सांसद शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुस २६ गते विश्वासको मत दिएकोबारे नयाँ रहस्य खोलेका छन् ।
बिहीबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको बताएका हुन् ।उनले राष्ट्रपति वा उपराष्ट्रपति पाइन्छ भन्ने ग्यारेन्टी नभएको तर, मतकोअ आशा भने राखेको बताए । तैपनि उनको घुमाउरो बोलीअनुसार प्रधानमन्त्री प्रचण्डसँग केही सम्झौता भएरै विश्वासको मत भने दिइएको छनक पाइन्थ्यो ।
उनले पत्रकारहरुसँग भनेका छन्, ‘सभामुख उपुभामुखको मात्र कुरा छैन, अरु निर्वाचनहरु पनि बाँकी छ । राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं ।’
तर, नेपाली कांग्रेस सत्तामा नभई प्रतिपक्षमा नै बस्ने उनले बताएका छन् । र, प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्ने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल