पत्रकारसँगको सवालजवाफमा पूर्वयुवराज पारसले गरे २० मिनेटमा तीन पटक धुम्रपान

पत्रपत्रिकाबाट

विहीबार, २१ असार २०७५, ०८ : ५७
पत्रकारसँगको सवालजवाफमा पूर्वयुवराज पारसले गरे २० मिनेटमा तीन पटक धुम्रपान

भैरहवा । विवादमा आइरहने पूर्वयुवराज पारस शाहले सार्वजनिक कार्यक्रममै धुम्रपान गरेका छन् । ‘राष्ट्र र राष्ट्रियताको जगेर्ना तथा मौलिक पहिचान संरक्षण गर्ने’ अभियानका विषयमा जानकारी दिन भैरहवामा आयोजित पत्रकार सम्मेलनमै शाहले धुम्रपान गरेका हुन् ।

सम्मेलनका क्रममा बुधबार उनले आफू देशप्रति चिन्तित हुँदै राष्ट्र अभियानमा लागेको बताए । जेठ २२ गते मनकामनाबाट शुरु भएको अभियानअन्तर्गत उनी पाल्पा, गोरखा र लमजुङ हुँदै बुधबार भैरहवा आइपुगेका हुन् ।

अभियानबारे पत्रकारलाई जानकारी दिन निमन्त्रणा गरिए पनि पूर्वयुवराजले कार्यक्रमस्थलमै धुम्रपान गरेपछि मुख्य विषय छायामा पर्यो । झन्डै २० मिनेट पत्रकारसँग सवाल–जवाफ गर्नेक्रममा उनले तीनपटक धुम्रपान गरे ।

अभियानका सन्दर्भमा बोल्दै पूर्वयुवराजले राज्यका प्रत्येक क्षेत्र, समुदाय, वंशहरूलाई राष्ट्र चाहिएको बताए ।, नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस