पोखरा । नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख बन्ने पक्का जस्तै भएको छ ।
दलको नेता बनेर मन्त्री हुने योजनामा रहेका धिताल दलको नेतामा हरि चुमान निर्वाचित भएपछि सभामुख बन्ने बताइएको छ । यद्यपी अहिले पनि धिताल मन्त्री बन्ने योजनामा छन् । पार्टीभित्र उनलाई सभामुख बन्न दवाव बढेको हो ।
धितालले पनि पार्टीले गरेको निर्णय मान्ने बताएका छन् । ‘उहाँलाई सभामुख बन्नुस भनेका छौं । अझै मन्त्रीकै पक्षमा हुनुहुन्छ,’ एक सांसदले भने । ‘तर पार्टीले निर्णय गरेपछि स्वीकार गर्छु भन्नुभएको छ ।’ गण्डकीमा पाँचै वर्ष सभामुख माओवादीले पाउने निर्णय शीर्ष नेताहरुको छ ।
यहाँको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीले सपथ लिइसकेका छन् । माओवादीबाट दलका नेता चुमानले सरकारमा प्रतिनिधित्व गरेका छन् । सभामुखको निर्वाचन भने माघ २ भित्र सक्नुपर्छ । संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित भैसक्नुपर्ने व्यवस्था छ ।
१८ पुसमा बसेको पहिलो बैठक हिसाव गर्दा २ माघ कटाउन मिल्दैन । सकेसम्म विदाकै दिन भएपनि बैठक बसेर सभामुख चयन गरिने संसद सचिवालयले जनाएको छ । यद्यपी दलहरुबीच बैठक बस्न बाँकी रहेको बताइएको छ । धिताल गोरखा १ ९१० बाट निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिचाङका सभामुखसँग महावाणिज्यदूत निरौलाको शिष्टाचार भेट
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख