घण्टाको पनि तलब तोकिँदै

पत्रपत्रिकाबाट

विहीबार, २१ असार २०७५, ०७ : ५१
घण्टाको पनि तलब तोकिँदै

काठमाडौं   ।  अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ । नयूनतम तलब निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई कानुनी दायरामा ल्याएको छ ।

यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई घण्टाको पारिश्रमिक निर्धारण गर्नुपर्ने बाध्यकारी नियम छ । सरकारले पहिलोपटक कम्पनी, प्रतिष्ठान, चियाबगान, कृषि श्रमिक र घरेलु श्रमिकको तलब छुट्टाछुट्टै तोक्दै छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस