हिमालयन बैंकद्वारा सीआएम मेसिन सञ्चालन

सफल खबर संवाददाता

बुधबार, २७ पुस २०७९, १४ : ५०
हिमालयन बैंकद्वारा सीआएम मेसिन सञ्चालन

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको विभिन्न शाखाहरुमा क्यास रिसाइक्लर मेसिन (सीआरएम) सञ्चालनमा ल्याएको छ ।

हाल बैंकले सातवटा सीआरएम बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दै छ भने यसको संख्या बढ्ने क्रम जारी छ ।

सीआरएमबाट सेवाग्राहीहरुले कुनै पनि समयमा कुनै झन्झटविना नै खातामा रकम जम्मा तथा झिक्न सक्नेछन् । सो मेसिनबाट रकम जम्मा गर्दा विना एटीएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् ।

हिमालयन बैंकको यस सुविधाले बैंकका ग्राहकहरुलाई बैंकिङ कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ ।