नेप्से आज बन्द

सफल खबर संवाददाता

बुधबार, २७ पुस २०७९, १० : १८
नेप्से आज बन्द

काठमाडौँ । सेयर बजार बुधबार बन्द हुने भएको छ ।

आज पुस २७ गते अर्थात् पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती। सोही अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

नेपाल एकीकरणका नायक शाहको जन्मजयन्तीका अवसरमा भएको सरकारी बिदाका कारण आज नेप्से बन्द हुने भएको हो।

नेप्से अब भोलि बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि मंगलबार नेप्से सूचक २१।३४ अंकले घटेर २१९०।४२ विन्दुमा अडिएको छ।

प्रतिक्रिया दिनुहोस