काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९२ जनाको नमूना परीक्षण गरिएको थियो ।
४१६ जनाको पीसीआर र ६७६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मंगलबार ३ जना संक्रमणमुक्त भएका छन् भने देशभर २५ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला
५ जना कोरोना संक्रमित थपिए
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
कोरोना अपडेट : ४२ जना संक्रमित थपिए, १२३ जना सक्रिय संक्रमित
थपिए ७ जना कोरोना संक्रमित
दैनिक कोरोना संक्रमितको संख्या शून्य