काठमाडौं । राप्रपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । राप्रपासमेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
सोमबार साँझ संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । राष्ट्रिय स्वाधीनताको रक्षा, दिगो शान्ति, राजनीतिक स्थिरता, विकास र समृद्धिको जनचाहना पूरा गर्न सरकारलाई समर्थन गरिएको राप्रपाले जनाएको छ ।
राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने लगायतका पार्टीले उठाएका राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाह सम्बन्धि बुँदाहरु न्युनतम साझा कार्यक्रममा समावेश भएको भन्दै खुसी व्यक्त गरेको छ । राप्रपाले सरकारमा जाने तयारी समेत गरेको छ ।
‘हाम्रो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हाम्रा मागहरू न्युनतम साझा कार्यक्रममा समावेश गरी सहमति कायम गरिए सरकारमा सहभागी हुन सक्ने निर्णय यसअघि नै गरिसकेको छ’, राप्रपा प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ, ‘न्युनतम साझा कार्यक्रममा राप्रपाले उठाएका बुँदाहरु समावेश भएपछि अब राप्रपालाई सरकारमा समेत सहभागी हुने ढोका खुलेको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले गरिन ताप्लेजुङ पाथीभरामा पूजाअर्चना
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन
रोहित पौडेलको टोलीले विश्वकपमा देखाउने छ आत्मविश्वास र एकता : प्रधानमन्त्री कार्की
स्वास्थ्य बीमा समस्या समाधानका लागि प्रधानमन्त्रीबाट बैठक आह्वान