राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा गैँडा मृत फेला

सफल खबर संवाददाता

सोमबार, २५ पुस २०७९, २० : ५०
राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा एक गैँडा मृत फेला परेको छ । कुजौली रेन्जपोष्ट नजिक पोथी गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार अन्दाजी १८ वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । 

गैँडा बूढो भएर मरेको हुनसक्ने उनले बताए । चालु आर्थिक वर्षमा सातवटा गैँडा मरेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस